Jaya Bhagawati melauli sunchadi

उदयदेव मन्दिरमा त्राजाःमन्दिर परिसरमा मदिरा सेवन पूर्ण रोक,बजारमा समय तोकियो

Patan vally

बैतडी :बैतडीको पाटन नगरपालिका–६ स्थित उदयदेव मन्दिरमा लाग्ने अष्टमी र नवमी मेलाको व्यवस्थापनका लागि वडा कार्यालयले विभिन्न निर्णयहरु गरेको छ । सोमबार बसेको सर्वपक्षीय बैठकबाट मेलालाई व्यवस्थीत बनाउनको लागि विभिन्न निर्णयहरु गरिएका हुन्

अष्टमी र नवमी अर्थात २४ र २५ गते लाग्ने मेला अवधिभर पाटन बजार क्षेत्रमा दिउँसो २ बजेदेखि राती १० बजेसम्म मात्रै मदिरा बिक्रि तथा सेवन गर्न पाइने निर्णय गरिएको छ ।
मेलाको समयमा उपलब्ध हुने खाना, नास्ता तथा मिस्ठान्नजन्य खानेकुराको दररेट कायम गर्न जिम्मेवारी पाटन बजार व्यवस्थापनलाई दिने निर्णय गरिएको छ ।

Kailpal bahudeshiya

मेलाको पसल व्यवस्थापन, राङ्गा व्यवस्थापन, सरसफाई, अस्थायी शौचाचलय निर्धारण गर्ने जिम्मेवारी उदयदेव धार्मिक क्षेत्र विकास समितिलाई दिइने निर्णय गरिएको छ ।

यसैगरी मेला अवधिभर मन्दिर परिसरभित्र तोकिएका चार किल्लामा मदिरा बिक्रिक वितरण तथा सेवनमा पूर्ण रोक लगाइएने निर्णय गरको छ । उक्त निर्णयको उल्लङ्घन गरेमा कानुन अनुसार कारवाही गरिने पनि बताइएको छ ।

मन्दिर परिसरको चार किल्ला अन्तरगत पञ्चेश्वर सडकखण्ड, विमानस्थल क्षेत्र, डोबरा सिलङ्गा सडक, तल्लो बजार सामुदायिक वभन लगायतका क्षेत्रभित्र मेला अवधिभर मदिरा सेवा तथा बिक्रि वितरणमा पूर्ण रोक लगाउने निर्णय गरिएको हो ।

वडा अध्यक्ष राजेन्द्र सिंह बिष्टको अध्यक्षतामा सोमबार बसेको बैठकमा नगर प्रमुख गौरी सिंह रावल, मन्दिर व्यवस्थापन समितिका तर्फबाट केशव बहादुर चन्द, वडा सदस्यहरु, बजार वयवस्थापन समितिका पदाधिकारी, पाटन क्रिकेट क्लबका अध्यक्ष किरन चन्द, पाटन भ्याली क्रिकेछ क्लबका अध्यक्ष बिकास बिष्टलगायत सरोकारवाला प्रतिनिधिहरुको सहभागितामा मेला व्यवस्थापनबारे निर्णयहरु गरिएको हो ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.