Jaya Bhagawati melauli sunchadi

बैतडीको पाटन ३ मा ६ दिनदेखि विद्युत सेवा अबरुद्ध, स्थानियलाई सास्ती

Chand Kirana Pasal
Patan vally

बैतडी : बैतडीको पाटन ३ मा विद्युत अबरुद्ध हुदा स्थानियहरु अध्यारोमै बस्न बाध्य भएका छन्। पाटन ३ का गुजर, गुराली, गौणाली र काफलखाँण टोलाका बासिन्दा विद्युत सेवा अबरुद्ध  हुँदा ६ दिन देखि उज्यालोबाट बन्चित भएका स्थानिय तर्क सिंह बिष्टले जानकारी दिनुभयो ।

Kailpal bahudeshiya

गत बिहिवार देखि पाटन ३ जोड्ने ४ वटा ट्रान्सर्फमरहरु चट्याङले जलेपछि विद्युत सेवा अबरुद्ध भएको हो । विद्युत अवरुद्ध हुदा बत्ती बाल्न, मोबाइल चार्ज गर्न, मिल संचालन गर्न र ब्यवसायमा समेत असर परेको स्थानियले बताएका छन्  । कुखुरा पालन ब्यवसाय गर्दै आएका स्थानिय तर्क बिष्टको फर्ममा तापक्रम नहुदा चिसोले कुखुराका चल्ला समेत मर्न थालेका उहाँले बताएका छन्  ।

विद्युत अबरुद्ध भएको ६ दिन बितिसक्दा पनि कुनै सुनुवाइ नभएको स्थानियले गुनासो गरेका छन् ।

ट्रान्सर्फमर मंगलबार मात्र आईपुगेकाले सम्बन्धित ठाँउमा आजै ट्रान्सर्फमर लगेर काम अगाडि बढाइने विद्युत बितरण केन्द्र बैतडीका प्रमुख जर्नादन पौडेलले जानकारी दिनुभयो । जलेका ट्रान्सर्फमरहरु सडकभन्दा टाढा रहेकाले जनशक्ति अभावका कारण सडकसम्म ल्याउन नसकिएको बितरण केन्द्र प्रमुख पौडेलले बताए । प्रयाप्त जनशक्ति नहुँदा गाडी चल्ने ठाउँसम्म जलेका ट्रान्सर्फमर ल्याउन नसकिएकाले समेत केही ढिलो भएको उहाँले बताउनुभयो ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.