

बैतडी : बैतडीको सिगास १ मा जिप दुर्घटना हुँदा छ जना गम्भीर घाइते भएका छन्।
शनिबार बिहान ६ बजे सिगास गाउँपालिका १ माडाैँमा सु.प्र.प्र. ०१००१ च ४०२८ नम्बरको जिप दुर्घटनामा भएको हाे ।

दुर्घटनामा परेर एकै गाउँका छ जना घाइते भएका बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो ।
घाइते हुनेहरूमा सिगास-१ इराना घर भएका १४ वर्षीया जयन्ती धामी, ४० वर्षीया तुलसी धामी, १६ वर्षीया निरा धामी, १९ वर्षीया पावर्ती धामी, १८ वर्षीया कमला धामी र १४ वर्षीया धौली धामी रहेका छन्।
घाइतेहरु सबैलाई उपचारको लागी डडेल्धुरा अस्पताल पठाइएको छ।
दुर्घटनापछि चालक जयन्त बोहरा फरार रहेका छन् ।
सिगास गाउँपालिका १ को गणानबाट इराना जाने क्रममा दुर्घटनाग्रस्त भएको जिप सडकबाट अन्दाजी करिब ७ सय मिटर तल खसेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।



