Jaya Bhagawati melauli sunchadi

बैतडीको पञ्चेश्वर गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सोमेश्वर माविलाई

Patan vally

बैतडी : बैतडीको पञ्चेश्वर गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । बुधबार कुलाउ माविको प्राङ्गण नागार्जुन खेलमैदानमा सम्पन्न भएको प्रतियोगितामा पञ्चेश्वर गाउँपालिका ३ मड  स्थित सोमेश्वर माविले उपाधि जितेको छ । १० स्वर्ण, ७ रजत र ४ कास्य हात पार्दै उपाधि जितेको हो ।

Kailpal bahudeshiya

पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरख बहादुर चन्दको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा कुलाउ मावि पञ्चेश्वर ३ कुलाउले द्वितीय स्थान हात पार्न सफल भएको छ । ९ स्वर्ण ४ रजत र ५ कास्य गरि १८ पदक जितेर दोस्रो स्थान हासिल गरेको पञ्चेश्वर गाउँपालिका पोषण सहजकर्ता नारायण राम सार्कीले जानकारी दिनुभयो । प्रतियोगितामा जवलपुर मावि सैलोडाले ५ स्वर्ण, ५ रजत र ९ कास्य जितेर त्रितिय स्थान हात पार्न सफल भएको सार्कीले बताए ।

बैतडीको पञ्चेश्वर गाउँपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा मावि तहका ९ वटा बिद्यालयहरुको सहभागीता रहेको थियो ।

प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि मेलौली नगरपालिकाका नगर प्रमुख भिम बहादुर चन्द “भुकम्प” रहनुभएको थियो । गत सोमबार देखि सुरु भएको प्रतियोगिता बुधबार सम्पन्न भएको हो ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.