Jaya Bhagawati melauli sunchadi

बैतडीको मेलौलीमा कम्बल वितरणको बिषय सतहमा आएपछि नगर सभा बहिष्कार

Patan vally

बैतडी : बैतडीको मेलौली नगरपालिकामा कम्बल वितरण लगायत पालिका सटर बिना भाडा ठेकेदारलाई दिएको बिषय सतहमा आएपछि नगरसभा बहिष्कार गरिएको छ ।

बुधबार बसेको नगरसभा जेष्ठ नागरिकका लागि एक महिना अघि खरिद गरिएका कम्बल समयमै बितरण हुन नसक्नु र मनपरी रुपमा ठेकेदारलाई नगरपालिकाका सटर  बिना भाडा प्रयोग गर्न दिएको बिषयमा छानबिन हुनुपर्ने माग राख्दै नगरसभा बहिष्कार गरेपछि स्थगित गरिएको हो ।

मेलौली नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष तपेन्द्र सिंह बिष्टले नगरसभामा राखेको बिषयमा एमाले र  काङ्ग्रेसबाट निर्वाचित लगायत अधिकांश बहुमत सदस्यहरुले एक्यवद्धता जनाएपछि नगर सभा बहिष्कार गरिएको थियो ।

Kailpal bahudeshiya

सभामा अधिकांश  सदस्यहरुले बिरोध जनाएका थिए ।

बहिष्कार पछि सभामा उठेका बिषयमा गम्भीर रुपमा छानबिन गर्न छानबिन समिति बनाउने सहमति भएको वडा अध्यक्ष बिष्टले बताउनुभयो । वडा नं. ४ का अध्यक्ष हर्क बहादुर चन्द, वडा नं. ८ का अध्यक्ष तपेन्द्र सिंह बिष्ट र ९ का अध्यक्ष लोकराज भट्टको नेतृत्वमा छानबिन समिति बनाउने सहमति भएको छ ।

बिहीबार दिउँसो १२ बजे सम्म छानबिन समितिले उठेका बिषयमा छानबिन गरि प्रतिबेदन तयार गर्ने र समितिले तयार गरेको प्रतिबेदनमा चित्त बुझेमा १२ बजेपछि नगर सभा सुचारु हुने बताइएको छ ।

एक महिना अघि खरिद गरिएका कम्बल बितरण हुन नसक्दा बेवारिसे अवस्थामा थन्किएका छन । जाडो मौसममा जेष्ठ नागरिकलाई राहत पुगोस भनेर देशका धेरै जसो स्थानिय तहले न्यानो कम्बल वितरण गर्ने गरेका छन् तर मेलौली नगरपालिकाले भने खरिद गरेको कम्बल समेत माघ महिना बित्नै  लाग्दा पनि बितरण गर्न सकेको छैन।

कम्बल थन्किएको बिषयमा नगर प्रमुख र प्रमुख प्रशासकिय अधिकृतलाई बुझ्न खोज्दा थाहा नभएको जवाफ आएपछि छानबिन समिति बनाउन माग गरिएको वडा अध्यक्ष विष्टले बताए । खरिद गर्ने ब्यक्तिको कमिसनमा  कुरा नमिलेपछि बितरण हुन नसकेको आशंका गरिएको छ । पछिल्लो समय नगरपालिकाको कामकार्वाही प्रति नगरबासीले असन्तुष्टि जनाउदै आएका छन् । 

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.