Jaya Bhagawati melauli sunchadi

बैतडीको मेलौलीमा एमालेको तीन महिने वडा केन्द्रित अभियानको अभिमुखिकरण सम्पन्न

Patan vally

 

बैतडी : बैतडीको मेलौलि नगरपालीकामा नेपाल कम्युनिष्ट पार्टी एमालेको वडा केन्द्रित तीन महिने अभियानको अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।एमाले मेलौली नगर कमिटी अध्यक्ष भिम दत्त भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमाले केन्द्रीय कमिटी सदस्य तथा बैतडी जिल्ला इन्चार्ज लिलाधर भट्ट प्रमुख अतिथी रहेका थिए। यस्तै विशिष्ट अतिथिमा एमाले केन्द्रीय सल्लाहकार परिसद सदस्य मोहन थापा रहेका थिए।

Kailpal bahudeshiya

यस्तै कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य बलभद्र दयाल, प्रदेश कमिटी सल्लाहकार सदस्य लक्ष्मण भट्ट, एमाले जिल्ला कमिटी उपाध्यक्ष लोकेन्द्र भण्डारी, सचिव हजारि साँउद,सचिवालय सदस्य जगदिश नायक,निर्मल पाण्डे लगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो। यस्तै कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरि दर्जन बढी कार्यकर्ताहरुले एमाले प्रवेश गरेकोएमाले प्रचार बिभाग प्रमुख पार्वती भट्टले बताइन।

नव प्रबेशीहरुलाइ पार्टीमा स्वागत गर्दै उचित जिम्मेवारी दिइने एमाले केन्द्रीय कमिटी सदस्य तथा बैतडी जिल्ला इन्चार्ज लिलाधर भट्टले बताए।

कार्यक्रममा सदस्यता नविकरण र विस्तार (कुल मतदाताको ६ प्रतिसत पुर्याउने,टोलतहसम्म पार्टी कमिटीको अधिवेशन सम्पन्न गर्ने र कम्तिमा एक तिहाई युवालाई आधारभूत तहका पार्टी कमिटीमा समावेश गर्ने,पार्टीमा सक्षम युवा नेतृत्व विकासको आधारशिला तयार गर्ने,पार्टी सम्वद्ध सबै जनसंगठनको सदस्यता व्यापक रुपमा विस्तार गर्ने र सबै जनसंगठनलाई आ आफ्नो वर्ग/ समुदायको नेताका रुपमा स्थापित गर्ने,सोसल मिडियामा नियोजित रुपमा सम्प्रेसित मिथ्या सुचना र भ्रमलाई चिर्दै पार्टीको सकारात्मक योगदान र भूमिकालाई स्थापित गर्ने,सबै तहका कमिटीहरु र जनप्रतिनिधिहरुले आ आफ्नो तहको प्रचार डेस्क स्थापनागरी प्रचारात्मक काम अघि वढाउने,निर्णायक राष्ट्रिय शक्ति निर्माणको उद्देश्य अनुरुप अघि वढाइएको वार्षिक कार्ययोजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने,पार्टीको नेतृत्व र सहभागीताका तिनै तहका सरकार र जनप्रतिनिधिले गरेका सकारात्मक र नमुना योग्य कामलाई उजागर गर्ने,जनतासंग प्रत्यक्ष सम्वाद गर्नेगरी सबैका घरघरमा पुग्ने,स्थानिय चासो र जनसरोकारका विषय पहिचान गर्ने,आ आफ्नो ठाउको विकास र समृद्धिको योजना तयार गर्ने,
मिसन ०८४मा पार्टीको एकल वहुमत प्राप्तहुने गरी निर्वाचन क्षेत्र केन्द्रित राजनीतिक ध्रुविकरणको अभियान चलाउने,घर फर्क र पार्टी प्रवेश अभियानमा जोड़ दिने ।
पार्टीको सिद्धान्त, कार्यक्रम र नीतिमा आधारित रहेर स्कुलिङको काम अघि वढाउने,पार्टी नीति र कार्यक्रमका आधारमा पार्टीको पक्षमा व्यापक जनमत निर्माण गर्ने लगायतका उद्देश्य पुरा गर्न एमालेको ३ महिने वडा केन्द्रित अभियानको देश्ब्यापीरुपमा थालनी गरिएको थियो ।
समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न नेकपा(एमाले)को नेतृत्व अपरिहार्य रहेको सन्देस प्रवाह गर्ने लगायतका बिषयमा एमाले केन्द्रीय कमिटी सदस्य तथा बैतडी जिल्ला इन्चार्ज लिलाधर भट्टले प्रशिक्षण दिएको एमाले प्रचार बिभाग प्रमुख पार्वती भट्टले बताइन।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.