Jaya Bhagawati melauli sunchadi

दनपामा एमालेको ३ महिने वडा केन्द्रित जरा अभियानको अभिमुखिकरण ११ वटै वडामा सम्पन्न

Patan vally

बैतडी : बैतडीको दशरथचन्द नगरपालिकामा एमालेको ३ महिने वडा केन्द्रित जरा अभियानको अभिमुखिकरण कार्यक्रम सबै वडामा सम्पन्न भएको छ । ११ वडा रहेको दशरथचन्द नगरपालिकामा हिजो बिहीवार वडा नं. ७ सुर्कालमा अभिमुखिकरण गर्दै ११ वटै वडाहरुमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको एमाले नगर कमिटी अध्यक्ष मनोज बोहराले जानकारी दिनुभयो ।

गत माघ २२ गते दशरथचन्द नगरपालिकामा नगर कमिटी अध्यक्ष मनोज बोहराको अध्यक्षतामा नेकपा एमाले केन्द्रिय सदस्य तथा बैतडी जिल्ला ईन्चार्ज लिलाधर भट्टले जरा अभियानको शुभारम्भ गर्नुभएको थियो । नगर अभिमुखिकरण सम्पन्न भए लगत्तै पार्टी का प्रदेश कमिटी सदस्य बिस्ना चन्दको नेतृत्व मा ११ वटै वडाहरुमा अभियानको अभिमुखिकरण सुरु गरिएको थियो ।

पार्टी को ३ महिने अभियान अन्तर्गत संगठित सदस्यता नविकरण, थप नयाँ सदस्यता प्रदान, पार्टीका जनवर्गीय संगठनहरुको अधिवेशन, टोल कमिटीका अधिवेशनहरु सम्पन्न गर्ने र पार्टी नेताहरुले घरदैलो अभियान संचालन गर्ने गरि ३ महिले अभियान सुरु भएको नगर कमिटी अध्यक्ष बोहराले बताए ।

Kailpal bahudeshiya

अभियानमा एमाले केन्द्रिय कमिटी सदस्य एवं बैतडी जिल्ला कमिटी इन्चार्ज लिलाधर भट्ट, केन्द्रिय सल्लाहकार कमिटी सदस्य मोहन थापा, प्रदेश कमिटी सदस्य जङ्ग देब भट्ट, महादेब भट्ट, द.न.पा नगरप्रमुख पुष्कर राज जोशी, सरस्वती नेपाली,  प्रदेश कमिटी सदस्य बिस्ना चन्द, जिल्ला कमिटी अध्यक्ष नरेश बिक, जिल्ला कमिटी उपाध्यक्ष लोकेन्द्र भण्डारी, उपसचिव पार्वती भट्ट, जिल्ला कमिटी सदस्यहरु लगायत नगर का पदाधिकारी एवं सदस्यहरुको सहभागिता र सक्रियतामा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको थियो ।

एमालेको ३ महिने वडा केन्द्रित जरा अभियान चैत्र महिना सम्म चल्ने नगर कमिटी अध्यक्ष बोहराले बताए ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.