Jaya Bhagawati melauli sunchadi

नेपाल राष्ट्रिय शिक्षक संगठन बैतडीको १८औं जिल्ला अधिवेशन सम्पन्न

Patan vally
Kailpal bahudeshiya

बैतडी : नेपाल राष्ट्रिय शिक्षक संगठन बैतडीको १८ औं जिल्ला अधिवेशन सम्पन्न भएको छ। शुक्रबार प्रेम राज भट्टको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी प्रमुख अतिथि रहनुभएको थियो ।

नेपाल राष्ट्रिय शिक्षक संगठनको अधिवेशनबाट प्रमानन्द भट्टको अध्यक्षतामा २५ सदस्यीय कमिटी सर्वसम्मत चयन गरिएको निवर्तमान अध्यक्ष प्रेमराज भट्टले जानकारी दिनुभयो ।
उपाध्यक्षमा प्रकाश राम लुहार, महिला उपाध्यक्षमा हिरा भट्ट, सचिवमा वीर बहादुर चन्द,कोषाध्यक्षमा पदम सिंह धानुक, रेखा कुँवर, सहसचिवमा ममता विष्ट, लगायत अन्य सदस्यहरु गरि २५ सदस्यीय नयाँ जिल्ला कमिटि चयन भएको भट्टले बताए   ।

श्रीकोट बहुमुखी क्याम्पस दोगडाकेदार ३मा सम्पन्न अधिवेशनमा गोकुलेश्वर कृषि तथा पशु बिज्ञान कलेजका क्याम्पस प्रमुख तथा सेटीगाउँ माविका प्र.अ लगायत आधा दर्जन बढी शिक्षकहरुले नेपाल राष्ट्रिय शिक्षक संगठनमा प्रवेश गरेका थिए ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.