

बैतडी : बैतडीको दाेगडाकेदार गाउँपालिकामा गाेली चलेकाे थियो।

शनिबार राति ८ बजेकाे समयमा गाउँपालिकाकाे वडा नम्बर -८ कालागाउँ चाैसिला भन्ने ठाउँमा गाेली चल्दा २२ वर्षीय सुरेन्द्र विष्ट गम्भीर घाइते भएका थिए भने अहिले जिल्ला अस्पताल बैतडीले बिष्टको मृत्यु भइसकेको जनाएको छ।
साेही गाउँका ४० वर्षीय कर्णबहादुर विष्टकाे गाेली प्रहारबाट सुरेन्द्रको मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलदेब बडूले जानकारी दिनुभयाे।
लेनदेनका विषयमा विवाद हुँदा कर्णबहादुरले सुरेन्द्रमाथि गाेली प्रहार गरेका हुन गोलि प्रहार गर्ने कर्णबहादुर फरार रहेका छन्। खोजिकार्य भइरहेको छ।



