

बैतडी : बैतडीको दशरथचन्द नगरपालिकामा नगरबस संचालनमा ल्याइने भएको छ । यही चैत्र २४ गते नगरपालिका स्थापना दिवसको दिन भब्य उद्घाटन गरी औपचारिकरुपमा बस गुडाइने छ ।

नगरपालिकाले नगरबस खरिद गरिसकेको र स्थापना दिवसको दिन विधिवत उद्घाटनगरी संचालनमा ल्याइने नगरप्रमुखको सचिवालयले जनाएको छ । “नगर बस यहाँ पुगि सक्यो, २४ गते विधिवत पुजाआजा गरि भव्य उद्धाटन गर्ने तयारी छ” सचिवालय स्रोतले भन्यो ।
नगर प्रमुख पुस्करराज जोशी “लख्खाभाइ”ले चुनावको दौरानमा जारी गरेको घोषणा पत्रमा नै नगरबस संचालन गर्ने उल्लेख गरिएबमोजिम नगरबासीको सहजताको लागि बस सञ्चालनमा ल्याइएको जनाइएको छ ।
नगर बस संचालनमा आउनेभएपछी नगरपालिकासम्म आवतजावत गर्ने सर्वसाधारणहरुलाई निकै सहज हुने अपेक्षा गरिएको छ ।



