

बैतडी : नेकपा एकीकृत समाजवादी पार्टी जिल्ला कमिटी सचीव तथा प्रदेश कमिटी सदस्यको भुमिकामा काम गरेका बैतडीको मेलौली २ का शेर बहादुर चन्द एमालेमा प्रवेश गरेका छन । बुधबार एक कार्यक्रमका बीच उनी नेकपा एमालेमा प्रवेश गरेका नेकपा एमाले जिल्ला ईन्चार्ज तथा केन्द्रिय सदस्य लिलाधर भट्टले जानकारी दिनुभयो ।
पार्टी बिभाजनको क्रममा म बिभिन्न कारणले पार्टी बिभाजनको पक्षमा उभिन पुगेको बताउदै चन्दले बिगतमा गरेको निर्णय गलत भएको महसुस गर्दै मुलधारमा नै फर्किएको उनले बताए ।
बिगतमा गरेको कमजोरीको आत्मालोचना गर्दै सदस्यता नविकरण गरिदिन समेत अनुरोध गरेको छ ।

उनी नेकपा एकीकृत समाजवादी पार्टीबाट २०७९ को स्थानीय तह निर्वाचनमा मेलौली नगरपालिका वडा नं. २ बाट वडा अध्यक्षको उम्मेदवार समेत बनेका थिए ।
कार्यक्रममा नेकपा एमाले जिल्ला ईन्चार्ज तथा केन्द्रिय सदस्य लिलाधर भट्ट, जिल्ला कमिटी अध्यक्ष नरेश बिक, केन्द्रिय सल्लाहकार परिषद सदस्य मोहन थापा, प्रदेश कमिटी सदस्य बलभद्र दयाल, सरस्वती नेपाली, जिल्ला कमिटी उप सचिव पार्वती भट्ट लगायतको उपस्थित रहेको थियो ।




