

बैतडी : जिल्ला समन्वय समिति सदस्य प्रेम सिंह भाट एमालेमै फर्किएका छन् ।
शनिबार बैतडीको पाटनमा आयोजित राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी बैतडीको १० औं जिल्ला अधिवेशनको अवसरमा उनी एमालेमै फर्किएका हुन।

२०७९ को स्थानीय तह निर्वाचनमा पाटन नगरपालिका वडा नं. ९ बाट वडा सदस्य निर्वाचित भई जिल्ला समन्वय समिती सदस्य बनेका प्रेम सिंह भाट एमालेमा फर्किएका नेकपा जिल्ला कमिटी अध्यक्ष नरेश बिकले जानकारी दिए।
उनलाई एमालेका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज लिलाधर भट्ट लगायत नेता कार्यकर्ताहरुले खादामाला सहित स्वागत गरेका थिए ।
यस अघि एमालेमै रहेका भाट २०७९ को निर्वाचनमा पाटन नगरपालिका वडा न ९ मा माओवादी र काङ्ग्रेसको गठबन्धनबाट वडा सदस्यमा निर्वाचित भएका थिए । लगत्तै जिल्ला समन्वय समितीको सदस्यमा माओवादी केन्द्रबाट प्रतिनिधित्व गरेर निर्वाचित भएका थिए ।



