


बैतडी: खोडपे–बझाङ सडक अबरुद्ध पारिएको छ । करेन्ट लागेर मृत्यु भएका बालकका आफन्तले क्षतिपूर्तिको ग्यारेन्टी हुनुपर्ने माग राख्दै सिगास –९ स्थित बाजपानीमा सडक अबरुद्ध पारेका हुन ।
सिगास–९ का दिपक बोहराका १२ वर्षीय छोरा वसन्त बोहराको शुक्रबार दिउसो बाख्रा चराउन गएका बेला भुइनजिकै लत्रीएको तारमा छोएनगइ करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको थियो । घर नजिकै घुम्तिमोड क्षेत्रको जङ्गलमा बाख्रा चराउन गएका बोहराको करेन्ट लागेर मृत्यु भएको थियो ।
मृतकका आफन्तहरूले क्षतिपूर्तिको ग्यारेन्टी हुनुपर्ने माग राख्दै सडक अबरुद्ध पारेका हुन् ।
इलाका प्रहरी कार्यालय पाटनको टोली घटनस्थलमा छ ।



