

बैतडी : बैतडीको मेलौली २ मा रहेको सुदर्शन माविको वि.व्य.स अध्यक्षमा पुन: गगन सिंह भाट चयन भएका छन । मेलौली वडा नं. ३ का वडा अध्यक्ष समेत रहेका भाट दोस्रो कार्यकालका लागि बिद्यालय व्यवस्थापन समिति अध्यक्षमा सर्वसम्मत चयन भएका हुन्।

बिहीवार बसेको अभिभावक भेलाले भाटको अध्यक्षतामा ९ सदस्यीय बिद्यालय व्यवस्थापन समिति चयन गरेको हो ।
अघिल्लो कार्यकालमा बिद्यालयको शैक्षिक गुणस्तर सुधार, मावि तह टिकाउन सफल हुनुका साथै न्युन दरबन्दी रहेको बिद्यालयमा चारवटा दरबन्दी थप गर्न सफल भएको भाटले बताए।
अबको कार्यकालमा शिक्षक, विद्यार्थी र अभिभावकसंगको त्रिपक्षीय सम्बन्धलाई स्थापित गरि नमुना बिद्यालय बनाउने उद्देश्य रहेको उहाँले बताउनुभयो ।



