Jaya Bhagawati melauli sunchadi

बैतडीमा एक निर्वाचन प्रहरीको भिरबाट खसेर मृत्यु

Patan vally

बैतडी : बैतडीमा निर्वाचन  प्रहरीको भिरबाट खसेर मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको दशरथचन्द नगरपालिका–४ निवासी ३२ वर्षीय प्रकाश चन्द रहेको प्रहरीले जनाएको छ।

Kailpal bahudeshiya

प्रहरीका अनुसार दशरथचन्द नगरपालिका–५ मा अवस्थित क्रिकेट खेलमैदानमा तालिम सम्पन्न गरी मंगलबार  राति करिब ८ः३० बजे घर फर्कने क्रममा उनी खरकटे सल्लेरी भिरबाट लडेका थिए। भिरबाट करिब   २ सय ५० मिटर तल खसेका चन्दको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

उनको शव हाल जिल्ला अस्पताल बैतडीमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.