

बैतडी : जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मेलौली बैतडीमा नयाँ आयुर्वेद चिकित्सक डा. ललित नारायण राम हाजिर भएकाछन । हिजो बुधबार हाजिर भएसंगै औपचारिक रूपमा सेवा सुरु गरेका जिल्ला अयुर्वेद स्वास्थ्य केन्द्र बैतडीका प्रमुख हिक्मत चन्दले बताए ।
नयाँ डाक्टरको आगमनसँगै जिल्लावासीले अब आयुर्वेद उपचार सेवा अझ सहज रूपमा प्राप्त गर्ने उनले बताए ।

प्रदेश लोकसेवा आयोग सुदुरपस्चिम प्रदेश बाट सिफारिस भएर आएका आयुर्वेद चिकित्सक डा. नारायण रामलाई जिल्ला आयुर्वेद स्वस्थ्य केन्द्र मेलौलीमा स्वागत गरिएको हो ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा आयुर्वेदिक औषधि उपचार, पञ्चकर्म, बाथ रोग, ग्यास्ट्रिक, पाइल्स, पिसाब सम्बन्धि समस्या लगायत महिलाहरुमा हुने महिनावारी गडबडी आदि समस्याको आयुर्वेदिक पद्धतिबाट उपचार हुदै आएको छ ।
यसअघि डा. सृजना भण्डारीले करारमा सेवा दिदै आएकी थिईन । प्रदेश लोकसेवामा उनको नाम ननिस्किएपछि डा. ललित नारायण रामलाई सिफारिस गरेको हो ।
नयाँ चिकित्सकको आगमनसंगै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बैतडीले स्वास्थ्य प्रवर्द्धन र रोग निवारणमा थप योगदान पुग्ने विश्वास गरिएको छ।



