Jaya Bhagawati melauli sunchadi

बैतडीमा बस दुर्घटना हुदा आठ जनाको मृत्यु

Patan vally

बैतडी : बैतडीको पुर्चौंडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा  आठ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परेर ६ जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जनाको स्थानीय स्वास्थ्यचौकीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले बताए ।

Kailpal bahudeshiya

बिहीबार पुर्चौंडी नगरपालिकाको भवनेबाट जन्ती लिएर बझाङतर्फ फर्किरहेको सुपप्र ०२००१ ख १११९ नम्बरको बस राति ८ बजेतिर पुर्चौंडी नगरपालिका –७ बडगाउँको मोडमा दुर्घटनामा परेको जनाइएको छ । बस सडकबाट करीब १५० मिटर तल खसेको छ ।

घटनास्थलमा अहिले पनि उद्धारको काम चलिरहेको छ । अध्याँरोका कारण उद्धारमा कठीनाइ भएको हाट स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मी डम्मर कुँवरले बताए ।

बसमा कति जना सवार थिए भन्ने कुरा एकीन हुन बाँकी रहेको । घाइतेहरुको विवरण समेत आउन बाँकी रहेको प्रहरी निरीक्षक बडूले बताए ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.