

बैतडी : बैतडीको पुर्चौंडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ भने २७ पुरुष र १८ महिला गरि ४५ जना घाईते भएका छन ।
दुर्घटनामा परेर ६ जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जनाको स्थानीय स्वास्थ्यचौकीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले जानकारी दिए ।
मृत्यु हुनेमा बझाङको वित्थडचिर ७ का ४० बर्षिय केशव राज जोशी, १३ बर्षिय अशोकराज जोशी, बर्ष ३५ का बसन्त जोशीको मृत्यु जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बडूले बताए ।
यस्तै सोही गाउँपालिका बस्ने बर्ष ४१ का बिष्ण जोशी र ४२ बर्षिय नरेशराज जोशीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

यस्तै मृत्यु हुनेमा केदारस्युँ गाउँपालिका ६० बर्षिय मोहनदेव भट्ट, जयपृथ्वी नगरपालिका ७ बस्ने ४० बर्षिय बसन्त राज रतला र बैतडीको पुर्चौडी नगरपालिका ४० बर्षिया पुष्पा अवस्थीको मृत्यु भएको हो ।
घाईते मध्ये २७ पुरुष र १३ महिला गरि ४० जनाको डडेल्धुरा अस्पतालमा उपचार भैरहेको छ भने ५ जनाको कोटिला स्वास्थ्य चौकीमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
एक जना बालक हराइरहेकाे र उनकाे खाेजिकार्य भइरहेकाे छ ।
दुर्घटनाको उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरू खटिएका छन् । नेपाली सेनाकाे टाेलिसमेत घटनास्थलतर्फ गएकाे छ ।



