


बैतडी : जन्ती बोकेको बस दुर्घटनामा परी मृत्यु भएका आफन्तहरुले जयपृथ्वी राजमार्ग अवरुद्ध पारेका छन् । शुक्रबार पौने ८ बजेदेखि राजमार्ग अबरुद्ध पारेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी खगेन्द्र धमलाले जानकारी दिए । बझाङको बित्थडचीर गाउँपालिका वडा नं ४ को देउलेक बजारमा सडक अबरुद्ध पारेका हुन् ।
पवनदुत यतायात व्यावसायी समितिका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय बैतडी र जिल्ला प्रहरी कार्यालय बैतडीको टोलीले आएर वार्ता गरी सहमती गर्नुपर्ने उनिहरुको माग रहेको छ ।
जिल्ला प्रशासन कार्यालय बैतडीसँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख, डिएसपी धमलाले बताए ।



