


बैतडीकाे दाेगडाकेदार-३ श्रीकाेटस्थित घाेणेधार भन्ने ठाउँमा ईभि हाइस दुर्घटना हुदा घाइते भएका चालक २५ वर्षीय मदन ठगुन्नाकाे मृत्यु भएकाे छ । शनिबार राती ९: ४० बजे सिल्लेगडाबाट बडीँयातर्फ गईरहेकाे सुपप्र ०३००१ ज ०६२४ नम्बरकाे इभि हाइस दुर्घटना हुँदा घाइते भएका ठगुन्नाकाे उपचारकाे क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता इन्सपेक्टर बल्देब बडुले बताउनुभयो ।
हाइसमा चालकमात्र रहेकाे प्रहरीले जनाएको छ । हाइस सडकबाट करिब २ सय मिटर तल खसेकाे थियाे ।



