


बैतडी : बैतडीमा करेन्ट लागेर एक बालकको मृत्यु भएपछि आक्रोसित भएर सडक अबरुद्ध पारेका स्थानीयहरु सहमतीमा आएका छन् । क्षतिपुर्ती बाफत पाउने ५ लाख र विद्युत कार्यालयले थप डेढ लाख दिने सहमतीपछि गएराती २ बजेदेखि खोडपे—बझाङ सडकखण्ड खुलेको हो ।
उक्त सडकखण्ड हिजो दिउँसो साढे४ बजेदेखि अबरुद्ध पारिएको थियो ।
सिगास गाउँपापलिका ९ बाच्पानी बस्ने दिपक बोहराका १२ वर्षीय छोरा बसन्त बोहराको करेन्ट लागेर मृत्यु भएको हो ।
शुक्रबार दिउँसो घरनजिकैको जंगलमा बाख्रा चराउन गएका बसन्तको भुई नजिकैबाट तानिएको तारमा छोइनगई करेन्ट लागेर मृत्यु भएको हो ।
विद्युत वितरण केन्द्रले लाईन विस्तारमा लपरवाही गरेर तानिएको तारमा छोइनगई उक्त घटना भएको र यस घटनाको पूर्ण जिम्मेवारी विद्युत वितरण केन्द्रले नै लिनुपर्ने माग सहित स्थानीयहरु आक्रोसित भएका थिए ।
बिमा रकमसहित साढे ६ लाख पिडितले पाउनेगरी सडक खुलाइएको आफन्तहरुले बताएका छन् ।



