Jaya Bhagawati melauli sunchadi

बैतडीको पुर्चौडी ८ स्थित डिलाशैनी माबिको ६६ औं बार्षिकोत्सव सम्पन्न

Patan vally

पुर्चौडी/हरि साउद

बैतडी : बैतडीको पुर्चौडी नगरपालिका ८ मल्लादेहिमा रहेको डिलाशैनी माध्यमिक विद्यालयको ६६ औं बार्षिकोत्सव विविध सांस्कृतिक कार्यक्रम साथ सम्पन्न भएको छ ।

Kailpal bahudeshiya

विद्यालय ब्यवस्थापन समिति अध्यक्ष राजु लुहारको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि पुर्चौडी नगरपालिकाका नगर प्रमुख दिपक बहादुर बम रहनु भएको थियो ।
नगर प्रमुख बमले विद्यालयको समग्र विकासको लागि आफु तयार रहेको बताए ।

बिद्यालयका प्रधानाध्यापक वीर सिंह रतोकिले बिद्यालयको ८० लाख ३३ हजार बराबरको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा पुर्चौडी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख बिनोद भण्डारी, राप्रपा बैतडीबाट प्रतिनिधि सभा उम्मेद्वार भुपेन चन्द लगायत अभिभावक र विद्यार्थीहरुको भब्य उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक कार्यक्रम संगै नृत्य प्रस्तुत गरेका थिए ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.