Jaya Bhagawati melauli sunchadi

बार्षिकोत्सवको अवसरमा २५ जना विद्यार्थीलाई न्यानो स्विटर वितरण

Patan vally

बैतडी : कोटेश्वर आधारभूत विद्यालय मेलौली २ कपर्तको ४२ औँ वार्षिकोत्सवको अवसरमा २५ जना विपन्न तथा पढाईमा उत्कृष्ट विद्यार्थीहरुलाई न्यानो स्विटर वितरण गरिएको छ।

कपडा बैंक साहिलेक बैतडीका संयोजक महेश भट्टले बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उपस्थित भइ विद्यार्थीहरूलाई न्यानो स्विटर वितरण गरेका हुन ।

कार्यक्रममा विपन्न तथा पढाइमा उत्कृष्ट विद्यार्थीहरूलाई लक्षित गरी स्विटर हस्तान्तरण गरिएको संयोजक भट्टले बताए ।

Kailpal bahudeshiya

“हुनेले दिएर सहयोग गरौँ, नहुनेले लगेर अभियानमा सहभागिता जनाऔं” भन्ने नाराका साथ स्थापना गरिएको कपडा बैंक विपन्न परिवारको सहारा बन्न थालेको छ ।

बैतडीका थुप्रै शिक्षण संस्थामा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई कपडा बैंकले सहयोग गर्दै आएको छ।

कार्यक्रमका विशिष्ट अतिथि समेत रहेका भट्टले जाडो मौसममा विद्यार्थीहरूको स्वास्थ्य संरक्षण र अध्ययनमा निरन्तरता कायम राख्न सहयोग पुगोस् भन्ने उद्देश्यले स्विटर वितरण गरिएको बताउनुभयो।

गुणस्तरीय शिक्षाको अभावका कारण बालबालिका पढाउनकै लागि तराई जाने क्रम बढेकाले पहाड रित्तिने अवस्थामा पुग्न थालेको उहाँले बताउनुभयो । बालबालिका प्रति अभिभावकको जिम्मेवारी हराउदै जान थालेकाले त्यस तर्फ सबै अभिभावकले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि तथा शिक्षकहरूले सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको यस सहयोगले विद्यार्थीहरूमा उत्साह थपिएको बताएका छन्। उनीहरूले आगामी दिनमा पनि यस्ता सहयोगात्मक कार्यक्रमले शैक्षिक वातावरण सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.