Jaya Bhagawati melauli sunchadi

रेफ्री र कोचलाई हातपात गरेको नगर खेलकुद समिति अध्यक्ष भण्डारीको स्वीकार, हटाउन सिफारिस

Patan vally

बैतडी : बैतडीको मेलौली नगरपालिकाका नगर खेलकुद विकास समिति अध्यक्ष शंकर सिंह भण्डारी  (सागर भण्डारी)लाई हटाउन कार्यपालिकालाई सिफारिस गरिएको छ ।

मेलौली नगरपालिका–४ तितावैमा सञ्चालन भइरहेको तेस्रो नगरस्तरीय मेयर कप खुल्ला पुरुष भलिबल प्रतियोगिताको क्रममा अध्यक्ष भण्डारीले वडा नं. ४ का कोच रमेश बहादुर चन्द र रेफ्री समेत रहेका नगर सभा सदस्य प्रेम चन्दलाई हातपात गरेपछि अध्यक्ष भण्डारीलाई हटाउन सिफारिस गरिएको नगरप्रमुख भिम बहादुर चन्दले बताए।

भलिबल प्रतियोगिता सञ्चालन भइरहेको अवस्थामा अध्यक्ष भण्डारीले अराजक गतिविधि गरेको, खेलकुदको वातावरण बिथोल्ने काम गरेको तथा प्रतियोगितालाई विवादित बनाउने प्रयास गरेको आरोप लागेको छ। प्रतियोगिता जस्तो अनुशासित र मर्यादित मंचमा जिम्मेवार पदमा बसेका व्यक्तिबाट नै अशोभनीय व्यवहार भएको भन्दै असन्तुष्टि बढेको बताइएको छ।
नगर प्रमुख चन्दसहित मेलौली १,४ र ८ का वडा अध्यक्षले हस्ताक्षर सहित कार्यपालिकालाई पत्र लेख्दै आजकै मितिबाट हटाउन सिफारिस गरेको छ ।

Kailpal bahudeshiya

यता अध्यक्ष भण्डारीले पनि आफुले हातपात गरेको स्वीकार गरेका छन । अस्ति राती अफिसियलका ब्यक्तिहरुले सेवा सुबिधा माग गरेपछि  विवाद भएको भण्डारीले बताए। “हामीलाई ट्र्याक, जुत्ता चाहियो नत्र हामी खेल खेलाउदैनौ भनेपछि बिवाद चर्किएको र त्यसपछि रेफ्री चन्दलाइ एक/दुई बोक्सीङ हानेको हो” उनले भने  । रेफ्री चन्दले रक्सी खाएको समेत भण्डारीको आरोप छ ।

शनिबार वडा नं. ४ र ५ बीच  खेल चलिरहेको बेला मेलौली वडा नं. ४ का खेल कोच रमेश बहादुर चन्दलाई समेत कुटेको स्वीकार गरेका छन । कोच चन्दले ‘मा’ भनेर गालिगलौज गरेपछि चन्दलाई दुई थप्पड र लात्ताले हिर्काएको स्वीकार गरेका हुन ।

शनिबार वडा नं. ४ र ५ को म्याच चलिरहेका बेला टाईम आउटको बिषयमा विवाद भएको अध्यक्ष भण्डारीले बताए। कोच चन्दले दोस्रो सेटको अन्यमा रेफ्रीको सिठी बजिसकेपछि वडा नं. ४ को तर्फबाट समयको माग गरिएपछि सिठीबजेपछि किन टाईम आउट लिएको भन्दा गाली गरेपछि हातपात गरेको स्वीकारेका हुन ।

नगर खेलकुद समिति अध्यक्ष भण्डारीले अराजक,  अनुशासनहीन र खेलको मर्यादा विपरीत  काम गरेकाले उनले पदमा बसिरहन उपयुक्त नहुने भन्दै निलम्बन गर्न कार्यपालिकालाई आफ्नै हस्ताक्षरमा सिफारिस गरिएको नगरप्रमुख चन्दले बताए ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.