Jaya Bhagawati melauli sunchadi

मेलौली मेयर कपमा नौ टीमलाई उछिन्दै वडा नम्बर २ बन्यो च्याम्पियन

Patan vally

बैतडी : फागुन ७ गतेबाट मेलौली नगरपालिका–४ तितावैमा सञ्चालन भएको तेस्रो नगरस्तरीय मेयर कप खुल्ला पुरुष भलिबल प्रतियोगितामा वडा नम्बर २ च्याम्पियन बनेको छ ।

Kailpal bahudeshiya

शनिबार फाइनल खेलमा वडा नम्बर ४ संग प्रतिस्पर्धा गर्दै च्याम्पियन बनेको हो । प्रत्येक वडाबाट एक/एक टिम गरी ९ वटा  टीमको सहभागिता रहेको थियो । प्रतियोगितामा अन्य टीमले पनि राम्रो प्रदर्शन गरे पनि फाईनलमा स्थान बनाउन भने सकेन ।

प्रतियोगितामा वडा नं. ४ को टिमले द्वितीय स्थान प्राप्त गरेको छ। त्यसैगरी वडा नं. ५ ले तृतीय स्थान हासिल गरेको छ भने वडा नं.७ को टिम चौथो स्थानमा सीमित भएको नगर प्रमुख भिम बहादुर चन्दले बताउनुभयो।

प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ३५ हजार रुपैयाँ, द्वितीयलाई २५ हजार रुपैयाँ, तृतीयलाई १५ हजार रुपैयाँ तथा चौथो स्थान हासिल गर्ने टिमलाई ८ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको छ। साथै विजेता तथा उपविजेता टिमलाई शिल्ड, ट्रफी र प्रमाणपत्र समेत वितरण गरिएको आयोजकले जनाएको छ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.