Jaya Bhagawati melauli sunchadi

पाटन भ्याली स्कुलको २८औं बार्षिकोत्सव भव्यताका साथ सम्पन्न

Patan vally

बैतडी : गुणस्तरीय शिक्षा र विद्यार्थीको उज्ज्वल भविष्य निर्माणमा निरन्तर  योगदान दिदै आईरहेको पाटन भ्याली स्कुल पाटन बैतडीले आफ्नो २८ औं बार्षिकोत्सव बनाएको छ ।

शुक्रवार तुलसी भण्डारीको अध्यक्षतामा भब्य समारोहका बीच स्कुलले २८ औं वार्षिकोत्सव सम्पन्न गरेको पाटन भ्याली स्कुलका प्रिन्सिपल कृष्ण सिंह ऐरीले जानकारी दिए ।

शिक्षा क्षेत्रमा निरन्तर उत्कृष्टता हासिल गर्दै आएको पाटन भ्याली स्कुलले पछिल्ला बर्षहरुमा एसईई परीक्षामा सत प्रतिशत नतिजा ल्याउँदै समुदायमा अभिभावक र  विद्यार्थीको  भरोसा बन्न थालेको छ ।

कार्यक्रमको औपचारिक उद्घाटन गरेका प्रमुख अतिथि समेत रहेका पाटन नगरपालिकाका नगर उपप्रमुख कमल सिंह बोहरा ‘अपी’ ले सरकारले जनताले रुचाएको क्षेत्रमा लगानी गर्नुपर्ने बताए । बर्षेनी शिक्षामा सरकारले अर्बौको लगानी गरेको भएपनि सोचे अनुसारको प्रतिफल आउन नसकेको बताए । ‘पाटन नगरपालिका भित्र मात्रै बर्षेनी ५ करोड बढी बजेट शिक्षक तलव र अन्य ब्यवस्थापनमा खर्च हुने गरेको छ’ । उनले भने ।

Kailpal bahudeshiya

स्कुलका संस्थापक नारायण सिंह भण्डारीले २१ औं शताब्दी सुहाउँदो शैक्षिक गुणस्तरको उत्कृष्ट केन्द्र बनाउने दिशामा विद्यालय निरन्तर अगाडि बढिरहेको बताउनुभयो । विद्यार्थीहरुलाई भविष्यमा सफल, सक्षम र असल नागरिक बन्ने आधारशिला निर्माण गर्नु अभिभावक र स्कुल परिवारको दायित्व हुने बताए ।

प्रिन्सिपल कृष्ण सिंह ऐरीले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै चालु शैक्षिक शत्रमा ४ सय भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको बताए । गत शैक्षिक शत्रको तुलनामा  यस बर्ष विद्यार्थी भर्ना दरमा वृद्धि भएको उनले बताए।

विद्यालयले पछिल्ला वर्षहरूमा एसईईमा निरन्तर सत प्रतिशत नतिजा ल्याउनुका साथै धेरै विद्यार्थीहरुको भविष्य निर्माणको केन्द्र बनेको छ ।

विद्यार्थीहरूले नृत्य, देशभक्ति गीत, नाटक, अङ्ग्रेजी तथा नेपाली दुबै भाषामा मन्तव्य र  प्रतिभा प्रस्तुति मार्फत कार्यक्रमलाई आकर्षक बनाएका थिए।

२८ वर्षको गौरवपूर्ण यात्रासँगै विद्यालयले आगामी दिनमा शिक्षा दिने सवालमा अझ परिस्कृत गर्ने प्रतिबद्धता जनाएको छ।

कार्यक्रमका अवसरमा अभिभावक तथा शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूले विद्यालयप्रति गहिरो विश्वास व्यक्त गर्दै कक्षा १२ सम्म अध्ययन सञ्चालन हुन सके अझ प्रभावकारी हुने धारणा राखेका थिए। कक्षा १२ सम्म सञ्चालन हुन सके विद्यार्थीहरूलाई बाहिर जानु नपरी यही संस्थामै गुणस्तरीय शिक्षा प्राप्त गर्ने अवसर मिल्ने अक्सर अभिभावकहरुको धारणा थियो ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.