

बैतडी : बैतडीबाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा
रास्वपाका हरिमोहन भण्डारी बिजयी भएका छन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाल क्रिकेट संघका अध्यक्ष समेत रहेका नेपाली काङ्ग्रेसका उम्मेदवार चतुर बहादुर र एमालेका पुर्व उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई पराजित गरेका हुन् ।
अन्तिम मत परिणाम अनुसार हरिमोहन भण्डारी २२ हजार १ सय ३४ मतसहित निर्वाचित भएका हुन् ।

उनले नेपाली काङ्ग्रेसका चन्दलाई ३ हजार ९ सय ४० मतान्तरले पराजित गरेका हुन् ।
काङ्ग्रेसका चन्दले १८ हजार १ सय ९४ मत ल्याए ।
बैतडीबाट पटकपटक सांसद बनेका नेकपा एमालेका पुर्व मन्त्री भण्डारी तेस्रो स्थानमा झरेका छन् । उनले १७ हजार ९१ मत ल्याए ।
२०७० सालदेखि बैतडीबाट लगातार सांसद बनेका पुर्व मन्त्री भण्डारीको संसदीय यात्रालाई पुर्णबिराम लगाउदै रास्वपाका भण्डारी बिजयी भएका हुन् ।
यस अघि बैतडी १ मा २०७४ मा कांग्रेसबाट प्रदेशसभा सदस्य उठेका उनी पराजित भएका थिए। २०७९ मा पार्टीबाट टिकट नपाएपछि उनी स्वतन्त्र उम्मेदवार बनेर पनि हार व्यहोर्नुपरेका थिए ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा काङ्ग्रेस, माओवादीको गठबन्धन भएको बैतडीमा नेकपा माओवादीका नरेन्द्र कुँवर ‘विजयसुन्दर’ले टिकट पाएका थिए । गठबन्धनलाई पराजित गर्दै एमालेका भण्डारी विजयी भएका थिए ।



