Jaya Bhagawati melauli sunchadi

निर्वाचन प्रहरीको भीरबाट लडेर मृत्यु, जो बिदाई भएर घर जादै थिए

Patan vally

निर्वाचन सम्पन्न भएपछि विदाइ भएर घर फर्कने बेला दार्चुलामा एक निर्वाचन प्रहरीको भीरबाट लडेर मृत्यु भएको छ ।निर्वाचन प्रहरीमा काम गरेको प्रमाण पत्र बुझेर घर फर्किने क्रममा भीरबाट लडेर गम्भीर घाइते भएका प्रकाश धामीको उपचारका क्रममा मृत्यु भएको हो ।

Kailpal bahudeshiya

लेकम गाउँपालिका–२ का धामी ४० दिनको निर्वाचन सुरक्षा कार्य सम्पन्न गरी बिहीबार प्रमाणपत्र बुझेर घर फर्किने क्रममा लेकम–१ स्थित दानुखोला भीरबाट लडेर घाइते भएका थिए । घाइते धामीलाई प्रारम्भिक उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको थियो ।

त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी रिफर गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी हेमराज भट्टले जानकारी दिए ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.