Jaya Bhagawati melauli sunchadi

बैतडीमा ट्रक दुर्घटना हुँदा चालक सहित ४ जना घाइते

Patan vally
Kailpal bahudeshiya

बैतडी : बैतडीमा ट्रक दुर्घटना हुदा ४ जना घाईते भएका छन ।
शनिबार राति करिब २: २० बजेको समयमा जिल्लाको पाटन नगरपालिका ८ झ्याउलेक स्थित जयपृथ्वी राजमार्गमा सु.प.प्र.०१-००१ख २८०९ को ट्रक दुर्घटना भएको हो ।
दुर्घटनामा परि घाइते हुनेमा चालक पाटन नगरपालिका ८ का ३६ बर्षिय कृष्ण बिष्ट, सोहि ठाउँका २५ बर्षिय निर्मला विष्ट, उनका ७ बर्षिय छोरा अभिषेक र ४ बर्षिय छोरा पृयान्स बिष्ट रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंह जानकारी दिनुभयो ।

घाईते चारै जनालाई उद्धार गरी उपचारका लागि डडेल्धुरा अस्पतालमा पठाइएको उहाँले बताउनुभयो । निर्मला, अभिषेकको अवस्था मध्यय रहेको प्रहरीले जनाएको छ ।
सिमेन्ट बोकेर नेपालगन्जबाट बझाङ् तर्फ जाँदै गरेको लोड ट्रक  अनियन्त्रित भएर सडकबाट २५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.