Jaya Bhagawati melauli sunchadi

बैतडीको मेलौली २ स्थित लाटाराज मन्दिरमा ट्रष्ट भवन निर्माण गर्ने निर्णय, सहयोगको अपिल

Patan vally

बैतडी : बैतडीको मेलौली नगरपालिका वडा नम्बर २ रौतगाउ स्थित लाटाराज मन्दिर परिसरमा  भक्तजन तथा आगन्तुकलाई बस्नका लागि सहज व्यवस्था गर्ने उद्देश्यले ट्रष्ट भवन निर्माण गरिने भएको छ ।

शनिबार राम नवमीको शुभसाइत पारि स्थानीयवासी, समाजसेवी तथा धार्मिक व्यक्तित्वहरुको विशेष पहलमा ट्रष्ट निर्माण गर्ने निर्णय गरिएको युवा समाजसेवी दिजराज भट्टले बताए।

Kailpal bahudeshiya

उक्त योजना अन्तर्गत मन्दिर क्षेत्रमा आउने श्रद्धालुहरूलाई लक्षित गरी व्यवस्थित बसोबासको संरचना निर्माण गर्न लागिएको हो। हालसम्म मन्दिरमा आउने भक्तजनहरूका लागि बस्न उचित स्थानको अभाव हुँदै आएको थियो।

यस महत्वपूर्ण एवं धार्मिक कार्य गर्न स्वर्गीय किडो  भट्टका छोरा राम दत्त भट्ट  ले ट्रष्ट भवन निर्माणका लागि आवश्यक जग्गा दान गरेको लाटाराज मन्दिर व्यवस्थापन समिति अध्यक्ष चक्र देव भट्टले बताए। उनले जग्गा दानसंगै रु ५ हजार ५ सय ५५ आर्थिक सहयोग पनि गरेका मन्दिर व्यवस्थापन समिति अध्यक्ष भट्टले बताए ।

उक्त निर्माण कार्य अघि बढाउन आर्थिक अभाव रहेको अध्यक्ष भट्टले बताए। मन्दिर व्यवस्थापन समिति तथा स्थानीयवासीहरूले देश तथा विदेशमा रहेका सम्पूर्ण श्रद्धालु, दानविरहरू र सहयोगी मनहरूसँग आर्थिक सहयोग गर्न अपिल गरेका छन्। एक सय देखि माथि ईच्छा अनुसार सहयोग गर्न सकिने उनले बताए ।

पहिलो दिनदेखि नै आर्थिक संकलन कार्य सुरु भइसकेको दिजराज भट्टले बताए।
ट्रष्ट भवन निर्माण गर्न करिब ४ लाख देखि ५ लाख सम्म आर्थिक रकम आवश्यक हुने अनुमान गरिएको छ ।
ट्रष्ट भवन निर्माण भएपछि मन्दिर क्षेत्रमा धार्मिक गतिविधि गर्न र श्रद्धालु भक्तजनहरुको बसोबास व्यवस्थापनमा ठुलो सहयोग पुग्ने अपेक्षा गरिएको भुमिराज, समैजी, लाटाराज मन्दिरका मुख्य पुजारी देवदत्त पाण्डेयले बताए ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.