Jaya Bhagawati melauli sunchadi

महाकाली नदीमा डुबेर बेपत्ता भएका चन्दको चार दिनपछि शव फेला

Patan vally

बैतडी : महाकाली नदीमा बगेर बेपत्ता भएका बैतडीको पञ्चेश्वर गाउँपालिका–४ बन्नाका ६४ वर्षीय कृष्ण चन्दको चार दिनपछि शव फेला परेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ५१ गुल्म हेडक्वाटर बैतडीका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक जंग बहादुर कुँवरका अनुसार चन्दको शव नेपालतर्फको पञ्चेश्वर गाउँपालिका–०२ ढोयाघाट र भारततर्फ चम्पावत जिल्लाको डुङगालेट्टि ग्राम पञ्चायत सुगरखाल गाउँ नजिकै महाकाली नदी किनारमा फेला परेको हो।

Kailpal bahudeshiya

उनको खोजीका लागि भारतीय सशस्त्र सीमा बल (एसएसबी) सँग समेत समन्वय गरिएको थियो। एसएसबीको टोलीले आज बिहान करिब १०ः४५ बजे शव फेला पारेको जनाएको छ।

चन्द गत मंगलबार बिहान करिब साढे ११ बजे हल्दुघाटस्थित महाकाली नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका थिए। शव फेला परेपछि परिवारलाई जानकारी गराइएको र भारततर्फमै अन्तिम दाहसंस्कार सम्पन्न गरिएको जनाएको छ।

घटनापछि सुरक्षाकर्मीले नदीमा नुहाउँदा वा अन्य गतिविधि गर्दा विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.