Jaya Bhagawati melauli sunchadi

आफ्नै महिला सहकर्मीलाई कुटपिट गरेको आरोपमा स्वास्थ्य चौकी ईन्चार्ज पक्राउ

Patan vally
Kailpal bahudeshiya
धनगढी : बैतडीका एक स्वास्थ्य चौकी इन्चार्जले धनगढीमा आफ्नै महिला सहकर्मीमाथि कुटपिट गरेको घटना सार्वजनिक भएको छ।

बैतडीको पुर्चौडी नगरपालिका–७ स्थित कोटिला स्वास्थ्य चौकीका इन्चार्ज सुमन लोहारले सोही स्वास्थ्य चौकीमा कार्यरत अनमी माया भट्टमाथि कुटपिट गरेको आरोप छ ।  जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार लोहारले धनगढी उपमहानगरपालिका–१ अदालत रोड क्षेत्रमा भट्टमाथि इट्टा प्रहार गरी कुटपिट गरेको जनाएको छ ।

कुटपिटको घटना देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरीले लोहारलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

अनमी माया भट्टको मायामेट्रो अस्पतालमा उपचार भैरहेको छ ।

घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ  ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.