

बैतडी: बैतडीको पाटन पञ्चेश्वर सडक खण्डको सरसफाइका लागि १४ जना सडक मर्मत सम्भार समुह गठन हुने भएको छ ।
पुर्वाधार विकास कार्यालयले सोमबार एक सुचना जारी गर्दै सो कुरा जानकारी गराएको हो ।

पाटन देखि मेलौलीको काँडाबजारसम्म झण्डै ३० किलोमीटर सडकमा सडक सरसफाइ तथा मर्मत कार्यका लागि १४ जना कामदार आवश्यक रहेको पुर्वाधार विकास कार्यालय बैतडीका छनोट समिति संयोजक नृपराज जोशीले जानकारी दिए ।
उक्त सडकखण्डमा बर्षातको समयमा विभिन्न स्थानमा पहिरो जाने, ढुंगा–माटो थुप्रिने तथा खाल्डाखुल्डी बढ्दै जाँदा सवारी सञ्चालनमा समस्या हुदै आएको छ ।




