Jaya Bhagawati melauli sunchadi

बैतडीको सुफथ मुल्य पसलमा बजारकै भाउमा पाइन्छ चिनी र खानेतेल

Patan vally
Kailpal bahudeshiya

बैतडी : बैतडीको पाटनमा रहेको साल्ट ट्रेडिङ कर्पोरेशनको पाटन डिपोमबाट बिक्रि भइरहेको खाद्य वस्तुको मुल्य बजारभाउ अनुसारकै रहेको पाइएको छ । तेल र चिनिको मुल्य बजार भाउ सरहनै बिक्रि गरिरहेको पाइएको हो ।
चिनी बजारमा १ सय १० रुपैया प्रतिकेजीका दरमा पाइरहेको छ भने साल्ट ट्रेडिङ पाटन डिपोबाट पनि सोही मुल्यमा पाइने गरिएको छ । साल्ट ट्रेडिङको डिपोबाट सन फ्लावर तेलको मुल्य पनि आधा लिटरको प्याकेटमा १२० रुपैया मुल्य कायम गरिएको छ । बजारमा पनि सोही मुल्यमा उपलब्ध रहेको छ ।
३ प्रतिशतभन्दा माथी छुट रहेको दावी गरिएको सुफथ मुल्यका पसलहरुमा बजारकै मुल्य अनुसार खाद्यान्न बस्तुहरु बिक्रि भइरहेकाले औचित्यमाथि नै प्रश्न गरिन थालिएको छ ।
जिल्लाको खोडपे बजारमै पनि चिनी प्रतिकेजी ११० रहेको छ भने सन फ्लावर तेलको मुल्य पाँच सय ग्रामको १२० रुपैयामै उपलब्ध रहेको छ ।
होलसेल रुपमै खरिद गरी सहुलियत मुल्यमा उपलब्ध गराउने भन्दै सफथ मुल्यको पसल सञ्चालन गरेको साल्ट ट्रेडिङले खुद्रा पसलको मुल्यभन्दा एक रुपैया पनि सस्तो नगरेको पाइएको छ ।
प्रदेशबाटै महंगोमा आएर मुल्य निर्धारण गरिएको पाटन डिपोका इन्चार्ज  प्रेम सिंह कठायतले जानकारी दिए ।
पाटन डिपोबाट नुन, चिउरा, सन फ्लावर तेल, चिनी, चिउरा र साबुन सुफथ मुल्यमा उपलब्ध रहेको उनले बताए । तेल र चिनी बाहेकका वस्तुहरुमा केही सस्तो पर्न गएको छ ।
तर चिनि तथा तेल भने बजार मुल्यमै बिक्रि भइरहेको छ । नयाँ मुल्य अनुसार तेल र चिनिको मुल्य बढेर आएकाले केही महंगो हुन गएकोसाल्ट ट्रेडीङ  कम्पनीका सुदूरपश्चिम प्रमुख बहुदेव उपाध्यायले जानकारी दिए । ‘बजारमा पाइने चिनी र तेल पहिलेको स्टक हुनुपर्छ, नयाँ मुल्य बढेर आएको छ, केही व्यापारीहरुले साल्ट ट्रेडीङमा चिनी र तेल आएको छ भनेर घटाएको होलान्,’ उनले भने ।
बजारमा कालो बजारी मार्फत राजश्व छली गरेर आएको चिनी तथा तेल पनि हुनसक्ने भएकाले राज्यका संयान्त्रले नियमन गर्नुपर्ने उनले बताए ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.