


बैतडी :बैतडीमा स्यालका लागि थापेको पासोमा चितुवा परेको छ। जिल्लाको दशरथचन्द नगरपालिका -१ गुरुखोला खाल भन्ने स्थानमा शुक्रबार मध्यराती चितुवा पासोमा परेको हो ।
स्थानीयहरुले स्यालको लागि थापेको उक्त पासोमा चितुवा फसेको हो ।
फसेको चितुवाको उद्दारको लागि डिभिजन वन कार्यालय र प्रहरीको टोलि घटनास्थलमा रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक जनक ढुंगानाले जानकारी दिए ।
त्यसैगरी उद्दारमा कठिनाइ आउने भएकाले शुक्लाफाटा राष्ट्रिय निकुञ्जबाट पनि टोलि मगाउन पहल गरिएको छ ।



