

बैतडी : बैतडीको मेलौली नगरपालिका वडा नं. ३ को कार्यालयमा स्थानियहरुले तालाबन्दी गरेका छन । मंगलबार आधारभुत स्वास्थ्य केन्द्र सबैको पायक पर्ने ठाँउमा हुनुपर्ने माग राख्दै स्थानियले तालाबन्दी गरेका स्थानिय धन बहादुर चन्दले जानकारी दिनुभयो ।
वडा कार्यालय र आधारभुत स्वास्थ्य केन्द्र निर्माणका लागि मलेनामा स्थानिय स्वर्गीय खुइल सिंह ठगुन्नाले १० रोपनी जग्गा दान गरेका थिए । सो मध्ये ५ रोपनी जग्गामा वडा कार्यालय बनेर सेवा सुचारु भैसकेको छ ।

वडा अध्यक्ष गगन सिंह भाटले बर्थिङ सेन्टर रहेको कुजागाडमा नै आधारभुत स्वास्थ्य केन्द्र लैजान खोजेको आरोप लगाउदै वडा कार्यालय रहेको मलेनामा नै स्वास्थ्य केन्द्र हुनुपर्ने माग राख्दै तालाबन्दी गरेका स्थानियले बताएका छन ।
यता वडा अध्यक्ष गगन सिंह भाटले भने बिना कुनै कारण पुर्व सुचना विना वडा कार्यालयमा ताला लगाएको बताउनुभएको छ । वडामा कोही पनि नभएको समयमा तालाबन्दी गरिएको र तालाबन्दी के कारणले गरिएको हो भन्ने कुरा आफुलाइ जानकारी नभएको वडा अध्यक्ष भाटले बताउनुभयो ।



