Jaya Bhagawati melauli sunchadi

विराटनगरमाथि पोखराको सुपर ओभरमा जित

Patan vally

काठमाडौ :  नेपाल प्रिमियर लिग एनपिएल मा पोखरा एभेन्जर्सले  विराटनगर किंग्सलाई सुपर ओभरमा पराजित गरेको छ।

पाँचौं खेलमा पोखराको यो दोस्रो जित हो। विराटनगर भने पाँच मध्ये चार खेलमा पराजित भइसकेको छ। चार खेलमा पराजित भएसँगै विराटनगर लिग चरणबाट बाहिरिने संघारमा छ।

एनपिएलकै पहिलो  सुपर ‍ओभरमा पहिले ब्याटिङ गरेको पोखराका लागि आन्द्रेस गौस र रेमन्ड रेइफरले ब्याटिङ गरेका थिए।

Kailpal bahudeshiya

बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछाने थिए। जसमा रेइफरले सुरुवाती दुई बलमा छक्का प्रहार गरे। तेस्रो बल डट भयो। चौथो बल चौका भयो। पाँचौ बलमा रेइफरले एक रन लिए। छैटौं बलमा गौसले एक रन लिए। सुपर ओभरमा पोखराले १८ रन जोड्यो।

सुपर ओभरमा १९ रनको लक्ष्य पाएको विराटनगरका लागि मार्टिन गप्टिल र निकोलास किर्टोन ब्याटिङमा थिए। बलिङमा पोखराका रेइफर थिए। पहिलो बलमा गप्टिलले ब्याट घुमाए पनि एक रन लिन सके। दोस्रो बलमा पनि किर्टोनले एक रन लिए। तेस्रो बलमा पनि गप्टिलले एक रन मात्र लिन सके। चौथो बल डट भयो। पाँचौ बलमा किर्टोनले एक रन लिए। त्यसपछि बल वाइड भयो। छैटौं बलमा गप्टिलले कुनै रन लिन नसक्दा विराटनगरले सुपर ओभरमा ५ रन मात्र जोड्न सक्यो।

त्यसअघि दुवै टोलीले २० ओभरमा १३९-१३९ रन जोडेपछि खेल सुपर ओभरमा गएको थियो।

१४० रनको लक्ष्य पछ्याउने क्रममा १९औं ओभरमा विराटनगरका प्रतिश जिसीले पोखराका माइकल लिक्सलाई ११ रनमा बोल्ड गरेपछि खेल रोमाञ्चक मोडमा पुग्यो।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.