Jaya Bhagawati melauli sunchadi

प्रिय केदारेश्वर, हिजो तिम्रो धेरै याद आयो , किन की पुष १४ रहेछ 

Chand Kirana Pasal
Patan vally

✍️ श्री केदारेश्वर माविलाई खुलापत्र

प्रिय केदारेश्वर सर्वप्रथम त हिजाे तिम्रो ७२ औं बार्षिकोत्सव समारोह को उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

केदारेश्वर, हिजो तिम्रो धेरै याद आयो , किन की पुष १४ रहेछ  । तिम्रो बार्षिकोत्सव समारोह नहेरेको पनी धेरै भैसकेछ, सायद त्यसैले पनि होला, तिमी मैले छोडेकै ठाउँमा छौ म तराई तिर बसाई सरी सके ।

म कयौं सपनाका भारी काधमा बोकेर तराई झरेको तिम्रै सन्तान हुँ , बाध्यता र विवशताको खाडलले तिमी र म आज कोसौं टाढा भएका छौं, तर केदारेश्वर तिमि प्रतिको माया यो मनमा उत्तिकै छ।

मलाई अरू जस्तो स्वार्थी नठान्नु है केदारेश्वर, म तिम्रै काखमा लडिबुडी खेलेर आएको तिम्रै सन्तान हुँ ।

Kailpal bahudeshiya

मलाई थाहाँ छ तिम्रा केहि स्वार्थी र नालायक सन्तानले गर्दा तिमी बिधुवा नारी जस्तै भएको छौ , तिम्रा भ्रष्ट मालिले तिमिलाई समयमै खाना र पानी दिएन,केवल आ-आफ्नो पेटका मात्रै साँची  बने, तिम्रै छातीमा टेकेर मालिक बनेका तिम्रै सन्तानले आज तिमिलाई हेला गर्दैछन् ।

केदारेश्वर, तिमि बुढो भयौ ७२ बर्ष पुरा भएछन् मलाई दु:ख  लागेको छ, आजकल बुढापाकाको सेवा कसैले गर्दैनन् , जसले पनी आफ्नो स्वार्थ मात्रै हेर्छन, तिमिलाई सबैले एक्ल्याए । घृणाको पात्र बन्यौं, सबै तिम्रा अभिभावकले तिमिलाई नराम्रो बनायो । हिजोका दिनका लाखौं तिम्रा सन्तानहरु अहिले ठुल्ठुलो ओहोदामा छन , पराईको भुमिमा छन , मरूभूमिको खाडीमा छन तर तिम्रो यो हाल हुदाँ तिनिहरूका आँखामा एक थोपा आँसु आएन ।

केदारेश्वर , तिमिले उमारेका बिऊहरू तिम्रा लागि यति घातक कसरी भए ? म अचम्मित छु ! हिजोका दिनको हाई हाई केदारेश्वर आज आएर सबैको नजरमा गिर्नुपरेको छ । मलाई दु:ख लागेकोछ ।  जुन थालमा खायौं आज त्यहि थालमा चुठ्यौ, तपाईहरूलाई कति खुशी मिलेको छ ? म यहि प्रश्न गर्न चाहान्छु ।

केदारेश्वर , तिमिलाई सबैले चाहिँदा को भाँडो र नचाहिँदा को डाँडो बनाए ।धिक्कार छ, तिमीहरुलाई आज बिद्या जस्तो संम्वेदनशील क्षेत्रलाई तहस नहस पार्न सफल भयौं, त्यो शिक्षा पनि तपाईंहरूले त्यहीँ केदारेश्वर बाट सिकेका हौँ भन्ने कुरालाई पनि एकचोटी मनन् गर्नुहोला ।

केदारेश्वर , अझै तिमिलाई भन्नुपर्ने र सुनाउनू पर्ने कुराहरू त कयौं थिए तर समयको अभावले गर्दा बाँकी कुराहरूलाई अर्को पत्रमा भन्ने बाचाका साथ आजलाई चलिरहेको कलमलाई यहि बिट मार्न चाहान्छु, धन्यवाद !

उहि तिम्रो भु पू बिद्यार्थी   “केदारेश्वर मावि मेलौली २ दुर्गास्थान बैतडी”       
राजेन्द्र ओड
हाल – भि न पा – १८ कंचनपुर

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.