


बैतडी : बैतडीमा आज दिउसो १ बजेर ६ मिनेटको समयमा भुकम्प गएको छ । जिल्लाको ऐरीगाउँ केन्द्रबिन्दु भएर ४.२ रेक्टरको भुकम्प गएको भुकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।
बैतडीसहित बझाङ र दार्चुलामा पनि भुकम्पको धक्का महसुस भएको थियो ।
भुकम्पले कहिकतै क्षति पुर्याएको विवरण नपुगेको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।



