Jaya Bhagawati melauli sunchadi

बैतडीमा उदयदेव पाटन प्रीमियर लिग-६ सुरु, पहिलो दिन दुई खेल सम्पन्न

Patan vally

बैतडी:बैतडीमा छैटौँ संस्करणको उदयदेव पाटन प्रिमियर लिग (युपिपिएल) क्रीकेट प्रतियोगिता सुरू भएको छ । पाटन-६ स्थित कृष्ण माविको खेलमैदानमा प्रतियोगिता सुरु भएको हो ।

Kailpal bahudeshiya

आज दुई वटा खेल सम्पन्न भएका छन् ।
आजको पहिलो खेलमा पत्ताल भुवनेश्वरले बनारसी क्रीकेट क्लबलाई हरायो ।

पत्ताल भुवनेश्वरसामु टस हारेर ब्याटिङको निम्तो पाएको बनारसीले निर्धारित १५ ओभरमा ८ विकेट गुमाएर १०१ रन बनायो । बनारसीका भुपेश बोहराले ३४ रन हिर्काए ।
पत्ताल भुवनेश्वरका ग्यानेन्द्र बिष्टले दुई विकेट लिए ।
१०२ रनको लक्ष्य पछ्यएएको पत्तालभुवनेश्वरले १३ ओभर ८ विकेट गुमाएर लक्ष्य भेट्टाएयो ।
पत्ताल भुवनेश्वरका बिक्रम बोहराले ३६ रनको विजयी इनिङ खेले । उनी नै म्यान अफ द म्याच चुनिए ।

पाटन स्टार क्लब र नागार्जुन सिम क्रीकेट क्लबविच भएको दोस्रो खेलमा पाटन स्टार विजयी भएको छ । टस जितेर पहिले व्याटिङ् रोजेको पाटनले निर्धारित १५ ओभरमा १३९ रन बनायो ।
पाटनका मुकेश चन्दले ६५ रनको अर्धसतकीय पारी खेले । नगार्जुनका कमलेस मातरले दुई विकेट लिए ।
१४० रनको लक्ष्य पाएको नार्गाजुनले निर्धारित १५ ओभरमा
७ विकेट गुमाएर १०० रन मात्रै बनाउन सक्यो । नार्जुनका मुकेश चन्दले ४३ रनको योगदान गरे । पाटनका लखन थापाले ३ विकेट लिए ।
भोलिपनि दुई खेल हुनेछन् । भोलिको पहिलो खेल नागार्जुन सिम क्रीकेट क्लब र सुर्नया युनाइटेडबीच हुने छ  । त्यसैगरी दोस्रो खेल  कैलपाल उदयदेव युवा क्लब र पत्ताल भुवनेश्वर युवाक्लबबीच हुने छ ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.