


बैतडीको पाटनमा जारी छैटौं सस्करणको उदयदेव पाटन प्रीमियर लिगमा आज भएको पहिलो खेलमा नागार्जुन सिमले विजयी सुरुवात गरेको छ । नागार्जुनले सुर्नया युनाइटेड माथी ६४ रनको जीत दर्ता गरेको हो ।
टस हारेर ब्याटिङको निम्तो पाएको नागार्जुनले निर्धारित १७ ओभरमा ९ विकेट गुमाएर १६८ रन बनाएको थियो ।
नागार्जुनका प्रेम चन्दले ५१ रनको अर्धसतकीय पारी खेले ।
सुर्नयाका नरेश चन्दले ३ विकेट लिए ।
१६९ रनको विजयी लक्ष पाएको सुर्नयाले निर्धारित १७ ओभरमा ६ विकेट गुमाएर १०४ रन मात्रै बनाउन सक्यो ।
सुर्नयाका नरेश चन्दले ३४ रन बनाए ।
नागार्जुनका बिमल जोशीले २ विकेट लिए ।
नागार्जुनका प्रेम चन्द म्यान अफ द म्याच चुनिए ।
आजको दोस्रो खेल पत्ताल भुवनेश्वर र कैलपाल उदयदेव बीच हुने छ ।



