Jaya Bhagawati melauli sunchadi

बैतडी सहित सुदुरपश्चिममा नरहरि पर्व मनाईदै, रामेश्वर धाममा रातिदेखि नै जाग्राम

Patan vally

बैतडी : बैतडी सहित सुदुरपश्चिममा “नरहरि” पर्व अर्थात माघे संक्रान्ति मनाईदै छ । सुदुरपश्चिममा यसलाई नरहरि, कौव्वा माणो दिनयाँइ सकराँत, र माघी समेत भन्ने प्रचलन छ ।

सूर्य मकर राशिमा  र उत्तरी गोलार्धमा प्रवेश गर्ने हुनाले आजको दिनलाई मकर सङ्क्रान्ति तथा उत्तरायणको सुरुवात भएको मानिन्छ। साउन सङ्क्रान्तिबाट सुतेका देवताहरू पनि अब ब्युझिने हुनाले धर्मकर्मको लागि उपयुक्त समय मान्ने गरिएको छ। आजदेखि गृहप्रवेश, ब्रतबन्ध आदि शुभकार्य गर्न खुला हुने संस्कृतिका अध्येता प्रकाश पैतोलाले बताउनुभयो ।

Kailpal bahudeshiya

पुस मसान्तको राती सबैभन्दा पहिले कागका लागि चामलरोटी (माणा) तरुल, सखरखण्ड लगायतका कन्दमुल पकाएर राख्ने चलन छ । बिहान उठेर यसरी कागका लागि पकाएर राखेका परिकार नुहाएर घरको छतमा राखि कागलाई दिने गरिन्छ ।

माघे संक्रान्तिको अवसरमा बैतडीको पाटन ६ स्थित रामेश्वर ज्योतिर्लिंगमा हिजो रातिदेखि नै जाग्राराम बसेर भजन कृतन गरिएको थियो । ४०/५० जनाको उपस्थितिमा रातभरि नै भजनकृतन गरिएको संस्कृतिका जानकार हरि प्रसाद जोशीले जानकारी दिनुभयो । आज बिहान ४ बजे देखि नै स्नान सुरु गरि भगवान ज्योतिर्लिंगमा पुजा सुरु गरिएको उहाँले बताउनुभयो । आज दिनभरि नै रामेश्वर धाममा नाम सङ्कृतन संगै  भक्तजनलाई सम्मान समेत राखिएको छ । पाटन ६ चौखुडा बस्ने जनक सिंह बिष्टले  भक्तजनहरुलाई सम्मान गर्ने कार्यक्रम राखेको जोशीले बताउनुभयो  ।

आजको दिन बैतडीका स्वर्गेनी पीपलधाम पाटन,  पञ्चेश्वर, लगायत अन्य तीर्थस्थलमा स्नान गर्नेहरुको घुइँचो लाग्ने गरेको छ ।

सुदुरपश्चिममा आजको दिनसम्म काँक्रो बँचाइ राखेको मान्छेले मह लगाइ काँक्रो बाँडेमा धर्म हुने विश्वासले गाउँभरी काँक्रो (माघी काँकड़ी) बाँड्ने चलन समेत रहेको संस्कृतिका अध्येता प्रकाश पैंतोलाले बताए  ।
तरुल, सखरखण्ड, तिलगुड लगायतका मिठा परिकार खाएर मनाइने यस पर्वमा छोरी चेली पनि माइतीघर आउने गरेका छन् ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.