Jaya Bhagawati melauli sunchadi

बैतडीमा बस दुर्घटना, १७ जना घाइते

Patan vally

बैतडी : धनगढीबाट बैतडी आउँदै गरेको यात्रुवाहक बस बैतडीस्थित दशरथचन्द राजमार्गमा दुर्घटना भएको छ। सुपप्र ०१००१ ख ३९६३ नम्बरको बस शुक्रबार दिउँसो पाटन नगरपालिका–८ गैराखानमा दुर्घटनामा परेको हो।

Kailpal bahudeshiya

बस सडकबाट ५०÷६० मिटर तल खसेको प्रहरीले बताएको छ। दुर्घटनामा परेर १७ जना घाइते भएका र उद्धार कार्य जारी रहेको बैतडीका प्रहरी नायब उपरिक्षक दिपक कुमार रायले बताए।

स्थानीय खोड्पे प्रहरी चौकी र इलाका प्रहरी कार्यालयबाट गएको टोली उद्धार कार्यमा खटिएको उनले जानकारी दिए। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.