

बैतडी : दोगडाकेदार गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ अन्तिम सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । सोमबार दोगडाकेदार गाउँपालिकाको आयोजना तथा उदाउने मिडिया प्रा.लि.को सहकार्यमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो ।

गाउँपालिकाले सञ्चालन गरेका विकास निर्माण तथा सेवा प्रवाहका विषयमा नागरिकलाई जानकारी गराउने उद्देश्यले सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको थियो।
गाउपालिकाको समग्र सेवा प्रवाह शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, कृषि, सामाजिक सुरक्षा लगायतका विषयमा नागरिकले राखेका जिज्ञासालाई सम्बन्धित जनप्रतिनिधि तथा शाखा प्रमुखहरुले जवाफ दिएका थिए ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष चक्र बहादुर कार्की, उपाध्यक्ष पार्वती कार्की, प्रमुख प्रशासकीय अधिकृत नरेश राज जोशी वडा अध्यक्षहरू, जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी, नागरिक समाज तथा स्थानीयवासीहरूको उल्लेख्य सहभागिता रहेको थियो।




