Jaya Bhagawati melauli sunchadi

दोगडाकेदारमा एकैदिन एमालेनिकट ४ जनवर्गीय सँगठनहरुको सम्मेलन सम्पन्न

Patan vally

बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिकामा एमाले निकट चार जनवर्गीय सँगठनहरुको पालीका सम्मेलन सम्पन्न भएको छ।
नेपाल उत्पिडित जातिय मुक्ति समाज, अनेरास्ववियु , राष्ट्रीय युवा संघ नेपाल र अखिल नेपाल किसान महासंघको गाँउपालीका अधिवेशन सम्पन्न भएको हो। अनेरास्ववियु को गाउँपालिका सम्मेलनबाट सुनिल सिँह ऐरीको अध्यक्षतामा २१ सदस्यीय गाउँपालीका कमिटी चयन गरिएको छ।

Kailpal bahudeshiya

यस्तै राष्ट्रिय युवासंघको गाउँपालीका सम्मेलनबाट प्रेम बहादुर चन्दको अध्यक्षतामा १३ सदस्यीय गाउँपालीका कमिटी चयन गरिएको छ। यस्तै अखिल नेपाल किसान महासंघको गाँउपालीका सम्मेलनबाट दान सिँह बिष्टको अध्यक्षतामा २१सदस्यीय गाउँपालीका कमिटी र नेपाल उत्पिडित जातिय मुक्ती समाजको गाँउपालीका अधिवेशनबाट जहरी मुहारको अध्यक्षतामा १५ सदस्यीय गाउँपालीका कमिटी सर्वसम्मत चयन गरिएको जन संगठन समन्वय संयन्त्र संयोजक बिर सिँह कार्किले बताए।

दोगडाकेदार गाउँपालीका जन संगठन सँयन्त्र सँयोजक बिर सिँह कार्कीको अध्यक्षतामा सम्पन्न अधिवेशनमा एमाले प्रदेश कमिटी सदस्य तथा दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्की प्रमुख अतिथी रहेका थिए। यस्तै एमाले प्रदेश कमिटी सदस्य भक्त बहादुर बिष्ट, रमेश लुहार,एमाले जिल्ला कमिटी उपाध्यक्ष लोकेन्द्र भण्डारी विशिष्ट अतिथि रहेका थिए कार्यक्रममा बोल्दै प्रमुख अतिथी चक्रबहादुर कार्किले पार्टीका जनवर्गीय सँगठनहरुले मिसन ८४ मा केन्द्रीत भएर अगाडि बढ्नुपर्नेमा जोड दिदै कार्यकर्ताहरुलाइ पार्टीका काममा दृढतापूर्वक अगाडि बढ्न निर्देशन दिएका छन।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.