

बैतडी : नेपाल राष्ट्रिय शिक्षक संगठन मेलौली नगरपालिकाको तेस्रो नगर अधिवेशन सम्पन्न भएको छ । बिहिवार नरेश सिंह नेगीको अध्यक्षतामा २१ सदस्यीय कमिटी चयन गरिएको नेपाल राष्ट्रिय शिक्षक संगठन बैतडीका जिल्ला अध्यक्ष प्रेम राज भट्टले जानकारी दिनुभयो ।

केशवानन्द भट्टको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनमा भरत सिंह बिष्ट उपााध्यक्ष, महिला उपाध्यक्ष महेश्वरी थापा भण्डारी, सचिवमा शुक्र सिंह भाट ,सहसचिवमा किस्मती चन्द, कोषाध्यक्षमा गोपाल दत्त भट्ट, सहकोषाध्यक्षमा सरिता दयाल गरि २१ सदस्यीय कमिटी चयन गरिएको भट्टले बताए ।
अधिवेशनमा नेपाल राष्ट्रिय शिक्षक संगठन सुदुरपश्चिम प्रदेश समिति सदस्य नन्दराम अवस्थी प्रमुख अतिथी रहनुभएको थियो । विशिष्ट अतिथिमा नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य जगदिश सिंह नायक रहनुभएको थियो ।



