Jaya Bhagawati melauli sunchadi

प्रेस चौतारी बैतडी शाखाको अध्यक्षमा भट्ट चयन

Patan vally

बैतडी : प्रेस चौतारी नेपाल बैतडी शाखाको ७ औं अधिवेशन सम्पन्न भएको छ । शुक्रबार प्रकाश चन्द्र भट्टको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिती सर्वसम्मत चयन गरेको हो ।

 

Kailpal bahudeshiya

खुला उपाध्यक्षमा मंगेश दयाल,  उपाध्यक्ष, राधिका भट्ट, सचिव प्रेम ओड,  सहसचिव डम्बर बोहरा, सहसचिव सरस्वती मडै, कोषाध्यक्ष हरि सिंह साउद लगायत ११ सदस्यीय समिति चयन गरिएको नव निर्वाचित अध्यक्ष प्रकाश चन्द्र भट्टले जानकारी दिनुभयो ।

प्रेस चौतारी नेपाल बैतडी शाखाका  निवर्तमान अध्यक्ष सिपी लोहियाको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज लिलाधर भट्ट रहनुभएको थियो ।

अधिवेशनमा प्रेस चौतारी प्रदेश अध्यक्ष कृष्ण ओली, प्रदेश महासचिव शिवराज भट्ट, प्रेस चौतारी केन्द्रिय सदस्य तथा बैतडी जिल्ला ईन्चार्ज लोकेश साउद, नेपाल पत्रकार महासंघ दार्चुलाका अध्यक्ष राजेन्द्र धामी लगायतको उपस्थिति रहेको थियो ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.