Jaya Bhagawati melauli sunchadi

बैतडीको पञ्चेश्वरमा एमालेको तीन महिने वडा केन्द्रित अभियानको अभिमुखिकरण

Patan vally

 

बैतडी : बैतडीको पञ्चेश्वर गाउँपालिकामा नेकपा एमालेको वडा केन्द्रित ३ महिने अभियानको पालिका स्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।

एमाले पञ्चेश्वर गाँउपालिका कमिटी अध्यक्ष कालु सिँह जाेशिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमाले केन्द्रीय कमिटी सदस्य तथा बैतडी जिल्ला इन्चार्ज लिलाधर भट्ट प्रमुख अतिथी रहेका थिए। यस्तै विशिष्ट अतिथिमा एमाले केन्द्रीय सल्लाहकार परिसद सदस्य मोहन थापा रहेका थिए। यस्तै कार्यक्रममा

पञ्चेश्वर गाउँपालिका अध्यक्ष गाेरख चन्द, जिल्ला एमाले जिल्ला कमिटी उपाध्यक्ष लाेकेन्द्र भण्डारी, सचिव हजारि साउद , पञ्चेश्वर गाउँपालिका उपाध्यक्ष विना भट्ट एवं जिल्ला कमिटी सदस्यहरू लगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

Kailpal bahudeshiya

कार्यक्रममा सदस्यता निविकरण र विस्तार कुल मतदाताको ६ प्रतिसत पुर्याउने,टोल तहसम्म पार्टी कमिटीको अधिवेशन सम्पन्न गर्ने र कम्तिमा एक तिहाई युवालाई आधारभूत तहका पार्टी कमिटीमा समावेश गर्ने लगायतका बिषयमा अभिमुखिकरण गरिएको हो ।

स्थानिय चासो र जनसरोकारका विषय पहिचान गर्ने,आ-आफ्नो ठाउको विकास र समृद्धिको योजना तयार गर्ने,
मिसन ०८४मा पार्टीको एकल वहुमत प्राप्तहुने गरी निर्वाचन क्षेत्र केन्द्रित राजनीतिक ध्रुविकरणको अभियान चलाउने,घर फर्क र पार्टी प्रवेश अभियानमा जोड़ दिने ।

पार्टीको सिद्धान्त, कार्यक्रम र नीतिमा आधारित रहेर स्कुलिङको काम अघि वढाउने,पार्टी नीति र कार्यक्रमका आधारमा पार्टीको पक्षमा व्यापक जनमत निर्माण गर्ने ।

समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरागर्न नेकपा(एमाले)को नेतृत्व अपरिहार्य रहेको सन्देस प्रवाह गर्ने लगायतका बिषयमा एमाले केन्द्रीय कमिटी सदस्य तथा बैतडी जिल्ला इन्चार्ज लिलाधर भट्टले प्रशिक्षण दिएको एमाले प्रचार बिभाग प्रमुख पार्वती भट्टले बताइन।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.