

बैतडी : बैतडीको शिवनाथ गाउँपालिकामा नेकपा एमालेको वडा केन्द्रित तीन महिने अभियानको पालिकास्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।

एमाले शिवनाथ गाँउपालिका कमिटी अध्यक्ष सुक्र सिंह साँउदको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमाले केन्द्रीय कमिटी सदस्य तथा बैतडी जिल्ला इन्चार्ज लिलाधर भट्ट प्रमुख अतिथी रहेका थिए ।
अभिमुखिकरण कार्यक्रममा तीन महिने वडा केन्द्रित अभियानको उद्देश्य अनुरुप कसरी अगाडि बढ्ने भन्ने बिषयमा एमाले केन्द्रीय कमिटी सदस्य तथा बैतडी जिल्ला इन्चार्ज लिलाधर भट्टले प्रशिक्षण दिएको एमाले प्रचार बिभाग प्रमुख पार्वती भट्टले बताईन ।
विशिष्ट अतिथिमा एमाले केन्द्रीय सल्लाहकार परिसद सदस्य मोहन थापा रहेका थिए।
यस्तै एमाले प्रदेश कमिटी सचिवालय सदस्य भरत मडै, एमाले जिल्लाकमिटी उपाध्यक्ष लाेकेन्द्र भण्डारी, सचिव हजारि साँउद ,पार्टी जिल्ला सचिवालय सदस्य निर्मल पाण्डेय पञ्चेश्वर गाउँपालिका उपाध्यक्ष विना भट्ट शिवनाथ गाँउपालिका उपाध्यक्ष शकुन्तला साँउद लगायत जिल्ला कमिटी सदस्यहरू,पालिका कमिटी सदस्यहरुको उपस्थिती रहेको थियो ।



