Jaya Bhagawati melauli sunchadi

एचपीभी खोप अभियानको पहिलो दिनः मेलौलीमा ४७३ जना किसोरीले खोप लगाए

Patan vally

बैतडी : पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप अभियानको पहिलो दिन बैतडीको मेलौली नगरपालिकामा ४ सय ७३ जना किसोरीहरुले खोप लगाएका छन् ।

आईतबार देखि मेलौली नगरपालिका अन्तर्गतका स्वास्थ्य चौकीहरुमा संचालन भएको खोप अभियानमा पालिका भरिका कक्षा (६–१०)मा अध्ययनरत ४ सय ७० र बिद्यालय बाहिर रहेका (१०–१४) बर्ष सम्मका किसोरी ३ जना गरि ४ सय ७३ जनाले खोप लगाएका मेलौली नगरपालिकाका सि.अ.हे.ब अधिकृत राज बहादुर चन्दले जानकारी दिनुभयो ।

Kailpal bahudeshiya

मेलौली नगरपालिकामा खोप एचपीभी खोप अभियानको पहिलो दिन झण्डै ४० प्रतिशत किसोरीहरुले खोप लगाएका सि.अ.हे.ब अधिकृत चन्दले बताए ।

खोप अभियानको पहिलो दिन ११ वटा स्वास्थ्य चौकीहरुमा खोप अभियान संचालन गरिएको थियो । नगर स्वास्थ्य सेवा केन्द्रमा २४ जना, आधारभूत स्वास्थ्य सेवा केन्द्र मेलौली १ मा २१ जना, दुर्गास्थान स्वास्थ्य चौकीमा ३६ जना, सलेना स्वास्थ्य चौकीमा २६ जना, आधारभूत स्वास्थ्य सेवा केन्द्र मेलौली ३मा ४० जना, आधारभूत स्वास्थ्य सेवा केन्द्र मलौली ४मा ४९ जना, महारुद्र स्वास्थ्य चौकीमा ११३ जना आधारभूत स्वास्थ्य सेवा केन्द्र मेलौली ६ मा ५५ जना, प्राथमिक स्वास्थ्य केन्द्रमा ७४ जना, आधारभूत स्वास्थ्य सेवा केन्द्र मेलौली ८मा १२ जना र विशालपुर स्वास्थ्य चौकीमा २३ जना गरि ४७३ जनाले खोप लगाएका थिए ।

पालिका भरिका कक्षा (६–१०)मा अध्ययनरत १ हजार १ सय ९५ जनालाई खोप दिईने पालिकाले जनाएको छ । तर बिद्यालय बाहिर रहेका (१०–१४) बर्ष सम्मका किसोरीको संख्या केही थप हुने अनुमान गरिएको छ । खोप अभियान माघ ३० गतेसम्म चल्ने जनाएको छ ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.